Single Blog Title

This is a single blog caption

के हो डिम्याट ? कसरी खोल्ने डिम्याट खाता ?

डिम्याट्रलाईजेसन (डिम्याट) भनेको के हो ? यो किन आवश्यक छ ? या डिम्याट खाता किन खोल्नु पर्छ ? यो नभएमा के बेफाइदा हुन्छ वा हुँदा के फाइदा होला ? सेयरमा लगानी गर्नुअघि डिम्याटबारेमा राम्ररी जानकार हुनु जरुरी छ ।

डिम्याटबारेमा साना ठूला सबै लगानीकर्ता जानकार हुनुपर्छ । अझ नयाँ लगानीकर्ताहरुले त नबुझी हँदैन ।

डिम्याट खाता अब अनिवार्य खोल्नै पर्छ । यो खाता भनेको के हो ? कसरी खोल्ने ? त्यसका लागि के के आवश्यक पर्छ ? कहाँ गएर खोल्ने ? यस विषयमा निम्न कुरामा ध्यान दिनु जरुरी छ ।

के हो डिम्याट ?
डिम्याट भनेको भौतिकरुपमा भएका सेयर प्रमाणपत्रलाई अभौतिक (इलेक्ट्रोनिकीकरण) गर्ने प्रक्रिया हो ।

विश्वमा अहिले कागजबिहीन सेयर कारोबारको बिकास भैरहेको छ । यो प्रक्रियाले सेयरको कारोबार गर्न छिटो छरितोरुपमा गर्न सघाउँछ ।

सेयरको अभौतिकिकरणले हराउने, च्यातीने, बिग्रने जस्ता समस्याबाट मुक्ति पाइन्छ । सेयरको डिम्याट गर्नका लागि केन्द्रिय निक्षेप सेवा (सिडिएसी) बाट सदस्यता लिएको निक्षेप सदस्य (डिपोजीटरी पार्टिसिपेन्ट) मार्फत खाता खोली भौतिकरुपमा रहेको सेयरलाई विद्युतीयकरण गर्न सकिन्छ ।

नेपालमा पनि सेयर बजारसम्बन्धी कामलाई छिटो छरितो बनाउन डिम्याट सेयरको कारोबार सुरु भएको हो । गत माघदेखि भौतिक रुपमा भएको सेयर प्रमाणपत्रको कारोबार हुँदैन । साधारण सेयरको आवेदनका लागि समेत डिम्याट खाता अनिवार्य भएको छ ।

यो प्रणालीको सुरुवातपछि झन्झटिला कागजी प्रक्रियाको सम्पप्तीसँगै आर्थिक बचत पनि हुने लगानीकर्ता बताउँछन् । डिम्याट खाता खोलेर कारोबार गरेपछि सेयरसम्बन्धी हरेक काम गर्न छिटो छरितो हुन्छ । सेयरको अभौतिक कारोबारले हरेक कागजातमा औँठाछाप लगाउनुपर्ने समस्या समेत समाधान हुन्छ ।

सेयर किनबेच गर्दा दाखिला फारम वा चलान फारम आवश्यक पर्दैन । मानौँ सेयर किन्दा वा बिक्रीगर्दा कम्तिमा पनि पाँच÷छ प्रति कागजात आवश्यक पर्दछ । किनबेच गर्दा हरेक प्रमाणपत्रको कित्ता नम्बर, सर्टिफिकेट नम्बर दुवै पक्षका तीनपुस्ते आवश्यक पर्दैन । कागजात प्रयोग नगर्नुपर्ने भएकाले कागजको बचाउ हुन्छ भने प्रिन्ट खर्च घट्दै जाने छ । अर्कातिर समयको पनि बचत हुन्छ ।

डिम्याट खाता कसरी खोल्ने ?
डिम्याट खाता खोल्नका लागि सामान्यतः बैंकमा खाता खोल्दाकै प्रक्रियामा जानुपर्छ । फोटो र नागरिकता चाहिन्छ । तर, बैंक खातामा पैसा जम्मा हुन्छ भने डिम्याट खातामा सेयर जम्मा हुन्छ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सिडिएससीको सदस्यता लिएको बैंक वित्तीय संस्था, मर्चेन्ट बैंकर वा दलाल कम्पनीले निश्चीत मापदण्ड पुरा गरी निक्षेप सदस्यको काम गर्ने संस्थाले हितग्राही खाता (डिम्याट अकाउन्ट) खोलिदिन्छ । डिम्याट खोलेपछि आफूसँग भएको वा खरिद गरेको सेयर सोहि खातामा जम्म हुन्छ । खाता खोलेपछि आफ्नो खातानम्बर तथा चेक बुक पाइन्छ ।

सेयर कारोबार गर्दाको समयमा डिम्याट अकाउन्ट दलाल कम्पनीलाई दिनु पर्ने हुन्छ । सोही अनुसार खातामा सेयर जम्मा हुन्छ भने बिक्री गर्दा चेक काटेर दिएपछि सेयर खातावाट खरिदवालाको खातामा ट्रान्स्फर हुन्छ ।

बिनाझण्झट तुरुन्तै नामसारी समेत गर्न सकिन्छ । यो सिस्टम सुरु हुनुअघि सेयरको नामसारीका लागि महिनौ कुर्नुपर्थ्यो । साथै सेयर नामसारीमा पठाउने भए छुट्टै खर्च समेत लाग्थ्यो । तर, कागजबिहीन सेयर कारोबार प्रणालीमा त्यो झन्झटको पनि अन्त्य भएको छ ।

नेपालमा पनि सेयर बजारसम्बन्धी कामलाई छिटो छरितो बनाउन डिम्याट सेयरको कारोबार सुरु भएको हो । गत माघदेखि भौतिक रुपमा भएको सेयर प्रमाणपत्रको कारोबार हुँदैन । साधारण सेयरको आवेदनका लागि समेत डिम्याट खाता अनिवार्य भएको छ ।

आफूले बेच्न चाहेको सेयर बेचिसक्दाको अवस्थामा बजार पनि निकै तलमाथि हुने गर्दथ्यो । बेच्दा भएको प्रमाणपत्र टुक्रा पर्न समयसँगै छुट्टै खर्च लाग्ने हुँदा चाहेजति सेयर बिक्री गर्न अफ्ठ्यारो थियो । सिडिएस प्रणालीले लगानीकर्ताले आफूले सेयर खरिद गरेपनि तत्काल प्रमाणपत्र नपाउने समस्या समाधान भएको छ ।

सेयर लगानीकर्ताले पाँचवटा कम्पनीमा धितो राखेर ऋण लिनुपरेको खण्डमा सबै कम्पनीमा प्रमाणपत्र बोकेर हिँड्नुपर्ने बाध्यता थियो अहिले चेकबुक बोकेर हिँडे पुग्छ । सबै कारोबार रकमको संख्या एकै ठाँउमा देखिने हुँदा यो झन्झटिलो प्रक्रियाको अन्त्य भएको छ । ऋण चुक्ता गरेपछि पनि त्यस्तै पत्र काट्नुपर्ने झन्झटिलो प्रकृयाको अन्त्य भएको छ ।

डिम्याटका फाइदा
सेयर बजारको आकार बढ्न समेत मद्दत पु¥याउँछ । कारोबार संख्या, रकम बढ्छ । सुचिकृत कम्पनीले नाफाको रुपमा सेयरधनीलाई दिएको बोनस सेयर पनि सिधै खातामा जम्मा हुने भएकाले सेयर लगानीकर्ता लागि धेरै सहज भएको छ ।

कागजी प्रणालीमा फुल टाइमर लगानीकर्तापनि सिडिएस सञ्चालनमा आएपछि पार्ट टाइम काम भएको छ । बोनस सेयर लिस्टिङ भएपछि डिम्याट खातामा जम्मा हुन्छ । त्यसका लागि लगानीकर्ताले सम्बन्धित कम्पनीको सेयर रजिष्ट्रार वा कम्पनीकोे सेयर शाखामा आफ्नो डिम्याट खाता नम्बर दिनुपर्छ ।

साधारण सेयर निष्कासन गर्ने कम्पनीले सेयर बाँडफाँट गरी डिम्याट खातामार्फत सेयर वितरणगर्दा सेयर प्रमाणपत्र छाप्नुपर्ने खर्च तथा समयपनि बचत हुन्छ । साथै धितोपत्रको दोस्रो बजारमा कारोबार भएपछिको राफसाफको प्रक्रियासमेत छिटो हुन्छ । जसकारण सेयर बेचेको खण्डमा समयमै पैसा हात पर्दछ । त्यो अन्यत्र ठाउँमा लगानी गर्न सकिन्छ ।

बिनाझण्झट तुरुन्तै नामसारी समेत गर्न सकिन्छ । यो सिस्टम सुरु हुनुअघि सेयरको नामसारीका लागि महिनौ कुर्नुपर्थ्यो । साथै सेयर नामसारीमा पठाउने भए छुट्टै खर्च समेत लाग्थ्यो । तर, कागजबिहीन सेयर कारोबार प्रणालीमा त्यो झन्झटको पनि अन्त्य भएको छ ।
अहिले पाँच दिनमा पैसा हात पर्ने भएकाले महिनामा धेरै भन्दा धेरै कारोबार गर्न सकिन्छ । पहिला नामसारी गर्न महिना लाग्ने गर्दथ्यो । अहिले पाँच दिनमा सबै काम पुरा भइसक्छ । मानौँ कुनै जिल्लामा रहेर कारोबार गर्दा आवश्यक डकुमेन्ट केन्द्रमा पठाउनु परेको खण्डमा कुरियर गर्नुपर्ने र कागजात नै हराउने समस्या समाधान भएको छ ।

खाता कहाँ कहाँ खोल्न पाइन्छ ?

डिपी (डिपोजिटरिङ पार्टीसपेन्ट) वा निक्षेप सदस्यता लाइसेन्स लिएका मर्चेन्ट बैंकर, ब्रोकर कम्पनी, बैंक वित्तीय संस्थाले खाता खोलिदिन्छन् । ब्रोकर कम्पनीहरुले खाता खोल्न पाउने भएपनि त्यसका लागि बोर्डमा आवेदन दिनुपर्छ र आवश्यक प्रक्रिया पुरा गर्नुपर्दछ ।

खाता खोल्न पैसा लाग्छ कि लाग्दैन ?
खाता खोल्न पहिला एक सय ५० रुपैयाँ लाग्छ । त्यसपछि वार्षिक सय रुपैयाँ तिरेर नविकरण गर्नुपर्छ ।

अनलाइनबाट खोल्न मिल्छ कि मिल्दैन ?
तत्कालका डिम्याट खाता खोल्न अनलाइनबाट मिल्दैन । तर, छिट्टै अनलाइनबाट खाता खोल्ने सिस्टम पनि आउने तयारी छ ।

(स्टक ब्रोकर एसोसिएनस अफ नेपालका पूर्वअध्यक्ष तथा थ्राईभ ब्रोकेज हाउसका प्रबन्ध निर्देशक अन्जनराज पौड्यालसँग कारोबार डेली डटकमका सोभित थपलियाले गरेको कुराकानीमा आधारित)

Leave a Reply