Single Blog Title

This is a single blog caption

विद्युतीय भुक्तानी कार्ड अन्तर्राष्ट्रिस्तरको हुनुपर्ने

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक र विकास बैंकलाई विद्युतीय भुक्तानी कार्ड जारी गर्दा अन्तर्राष्ट्रिय स्तरको जारी गर्नुपर्ने व्यवस्था गरेको छ ।
केन्द्रीय बैंकले मंगलबार निर्देशन जारी गर्दै विद्युतीय भुक्तानी कार्ड जारी गर्दा यस्ता कार्डहरुमा अन्तर्राष्ट्रिय रुपमै स्वीकार्य र प्रचलनमा रहेको सुरक्षात्मक उपाय र विषेशताहरु अनिवार्य रुपमा राख्नु पर्ने व्यवस्था गरेको हो ।

यसभन्दा अघि विद्युतीय भुक्तानी कार्ड जारी गर्दा कार्डमा अनिवार्य रुपमा रहनुपर्ने सुरक्षा तथा जानकारी सम्बन्धी विवरणका अतिरिक्त कार्डको अग्रभागको तल बायाँ कुनामा नेपाल तथा पृष्ठ भागको तल दाहिने कुनामा कार्ड होल्डरको फोटो राख्ने व्यवस्था थियो ।

केन्द्रीय बैंकले विदेशी विनीमय सम्बन्धी एकिकृत निर्देशीका २०७४ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । विदेशी मुद्रामा भुक्तानी हुने गरी विद्युतीय भुक्तानी कार्ड जारी गर्दा “क” वर्ग र राष्ट्रियस्तरका “ख” वर्गका विकास बैंकले विदेशी विनिमय सम्बन्धी प्रचलित व्यवस्था अन्तर्गत रही विदेशी मुद्राको क्रेडिट कार्ड, डेविट कार्ड, प्रिपेड कार्ड लगायतका विद्युतीय भुक्तानी कार्ड जारी गर्न सक्ने ब्यवस्था छ ।

इजाजत्राप्त रेमिट्यान्स कम्पनीहरुले स्वदेशी मुद्रामा भुक्तानी हुने प्रिपेड रेमिट्यान्स कार्ड मात्र जारी गर्न सक्नेछन् । विदेशी मुद्रामा भुक्तानी हुने विद्युतीय भुक्तानी कार्ड जारी गर्ने भएमा संस्थाको सञ्चालक समितिबाट यस सम्बन्धी नीतिगत निर्णय, सुरक्षा तथा जोखिम व्यवस्थापन, विदेशी सेवा प्रदायकसँग हुने सम्झौता लगायतका अन्य प्रक्रियागत व्यवस्था गरी यस विभागको अनुमति लिनुपर्छ ।

विद्युतीय भुक्तानी कार्ड जारी वा नवीकरण गर्दा लाग्ने शुल्क, कार्डमार्पmत कारोबार सञ्चालन गर्दा लाग्ने सेवा शुल्क, ब्याज तथा हर्जाना सम्बन्धी व्यवस्थाहरु ग्राहकसँगको सम्झौतामा स्पष्टरुपमा उल्लेख गर्नु पर्छ ।

कार्ड हराएमा, चोरी भएमा, कारोबारको क्रममा अन्य समस्या देखिएमा ग्राहकलाई तत्काल सहयोग गर्न सम्बन्धित संस्थाले २४ सै घण्टा सेवा सञ्चालन गर्नुपर्छ । कार्डको अवधि समाप्त नहुँदै हराएमा वा चोरी भएमा सूचना प्राप्त हुँदाको समयमा नै कार्ड ब्लक गर्ने व्यवस्था गर्नुपर्छ ।

विदेशी मुद्रामा भुक्तानी हुने गरी जारी भएका कार्डबाट नेपाली रुपैयाँमा भुक्तानी हुँदा यस बैंकको भुक्तानी प्रणाली विभागबाट जारी निर्देशनहरु पालना हुने व्यवस्था गर्नुपर्छ ।

Courtesy: Karobar Daily

Leave a Reply