• Sahid Gate Maarg, Ghorahi, Dang
  • info@wdbldang.com.np
  • +977-82-560732 / 560907

वैदेशिक रोजगारमा रहेकाहरुलाई सुनौलो अवसर, २५ करोडको बचतपत्र निष्कासन गर्दै राष्ट्र बैँक

  • Home / वैदेशिक रोजगारमा रहेकाहरुलाई सुनौलो अवसर, २५ करोडको बचतपत्र निष्कासन गर्दै राष्ट्र बैँक

वैदेशिक रोजगारमा रहेकाहरुलाई सुनौलो अवसर, २५ करोडको बचतपत्र निष्कासन गर्दै राष्ट्र बैँक

नेपाल सरकारले वैदेशिक रोजगार बचतपत्र २०७८ निष्कासन गर्ने भएको छ । नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैँक, राष्ट्र ऋण व्यवस्थापन विभागले २५ करोड रुपैँयाको ५ वर्षे बचतपत्र निष्कासन गर्न लागेको हो । अर्धवार्षिक रुपमा व्याज भुक्तानी हुने र व्याजकरबाहेक ९ प्रतिशत व्याजदर रहने जानकारी गराउँदै राष्ट्र बैँकले इच्छुक वैदेशिक रोजगारमा संलग्न नागरिकलाई बचतपत्र खरिद गर्न आह्वान गरेको छ ।

बचतपत्रको विक्रि आगामी वैशाख ७ गतेदेखि २४ गतेसम्म खुला रहने जनाइएको छ । बचतपत्र निष्कासन वैशाख २९ गते हुनेछ । सावाँ झुक्तानीको मिती २०७८ वैशाख २९ गतेलाई तोकिएको छ । राष्ट्र बैँकले जनाएअनुसार, घटिमा पाँच हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई पाँच हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्न सकिने छ ।

यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आफ्नो वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न सकिनेछ । यो बचतपत्र धितो राखी यस बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन/दिन सकिने बताइएको छ ।

अर्धवार्षिक रुपमा प्राप्त हुने ब्याज बचतपत्र खरिदकर्ता आफैले वा इच्छाइएको व्यक्ति मार्फत भुक्तानी लिन सक्नेछ । आफ्नो बैंक खाता वा इच्छाइएको व्यक्तिको बैंक खातामा जम्मा हुने गरी ब्याज भुक्तानी लिनको निमित्त आफ्नो वा इच्छाइएको व्यक्तिको खाता रहेको बैंकको नाम, ठेगाना र खाता नम्बर उल्लेख गर्नुपर्ने प्रावधान रहेको छ ।

Courtesy: bizshala

Leave Comments