फेरि ओर्लियो नेप्से, कति घट्यो ?

१६ मङ्सिर, काठमाडौं । दुई दिन लगतार बढेको नेप्से बिहिबार फेरि ओर्लिएको छ । सेयर कारोबार हुने साताको आज अन्तिम दिन बजार ७.८४ बिन्दुले ओरालो लागेको हो ।
एक हजार ६०९ बिन्दुमा रहेको नेप्से परिसूचक घटेर एक हजार ६०० बिन्दुमा कायम भएको छ । ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत १.८८ बिन्दुले परिवर्तन भएको छ ।
विकास बैंक, उत्पादन समूह र अन्य समूहले मात्रै बजार धान्दा अन्य समूह ओरालो लागेका हुन् । लगातार घट्दै आएको बजार पछिल्लो दुई दिनमा भने उकालोको यात्रा तय गर्दा लगानीकर्तालाई केही राहत प्रदान गरेको थियो ।
कुल १३८ कम्पनीको १६ लाख ५० हजार ७२७ कित्ता सेयर एक अर्ब २० करोड ८७ लाख ३९ हजार १२३ रूपैयाँ मूल्यमा कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
स्टकका अनुसार बैंकिङ ०.६९, होटल १.९२, जलविद्युत् २.०८, फाइनान्स ०.६५, बीमा ०.४८ प्रतिशतले घट्दा विकास बैंक ०.५७, उत्पादन ०.१६ र अन्य समूह ०.२७ प्रतिशतले बढेको छ

Leave a Reply